दुई पूर्वमहान्यायाधिवक्तालाई एमालेले दियो राम्रै स्थान-Sutra News

दुई पूर्वमहान्यायाधिवक्तालाई एमालेले दियो राम्रै स्थान

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेपाल सरकारका दुई जना महान्यायाधिवक्ताले नेकपा एमालेमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।



१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पूर्वमहान्यायाधिवक्ताद्वय अग्निप्रसाद खरेल र रमेश बडाललाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले पार्टी संगठनमा जिम्मेवारी प्रदान गरेको हो ।

स्थायी कमिटी सदस्यसमेत चुनिएका खरेलले अध्यक्ष केपीशर्मा ओलीको गृहजिल्ला झापाको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी बडालले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन तथा सम्बद्ध संगठनहरूको इन्चार्ज पनि बनाइएको छ ।

खरेल र बडाल दुबै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पालैपालो महान्यायाधिवक्ता नियुक्त भएका थिए । खरेलले प्रतिनिधिसभा विघटनमा प्रभावकारी डिफेन्स गर्न नसकेको भन्दै उनलाई राजीनामा गर्न लगाएर ओलीले बडाललाई नियुक्त गरेका थिए । दोस्रो प्रतिनिधिसभा विघटनमा बडालले प्रतिरक्षा गरे पनि अदालतले भने पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट