सामान्य प्रशासनका सचिवले उल्टाइदिएको मन्त्री झाँक्रीको यो निर्णय-Sutra News

सामान्य प्रशासनका सचिवले उल्टाइदिएको मन्त्री झाँक्रीको यो निर्णय

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

काठमाडौँ । केही समयअगाडी नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी रामकुमारी झाँक्रीले अचम्मको निर्णय गरिन् । उनले उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने निर्णय गरेकी थिइन् ।



त्यतिबेला उनको निर्णय विवादित बनेको थियो । एक मेयरले त उनको निर्णय नै नमान्ने घोषणा गरेका थिए ।

अहिले उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्णयलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज उल्ट्यादिएको छ ।

झाँक्रीको निर्णयअनुसार कात्तिक १४ गतेदेखि उपभोक्ता समितिमार्फत हुने सबै प्रकारका सार्वजनिक खरिद कार्य रोकिएको थियो ।

झाँक्रीको निर्णयलाई उल्टाउँदै सामान्य प्रशासन मन्त्रालयले काम सुचारु राख्न सबै स्थानीय तहलाई पत्रचार गरेको छ । मन्त्रालयका शाखा अधिकृतको हस्ताक्षर रहेको यस्तो पत्राचार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट