एमाले प्रमुख सचेतक विशाल भट्टराई जिल्ला इन्चार्ज-Sutra News

एमाले प्रमुख सचेतक विशाल भट्टराई जिल्ला इन्चार्ज

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो । भट्टराई पुन: जिल्ला इन्चार्जमा दोहोरिएका हुन् ।



खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन् । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटि अध्यक्ष हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट