राजधानीमा संस्कृति बचाऔं महाअभियानको मौन प्रदर्शन-Sutra News

राजधानीमा संस्कृति बचाऔं महाअभियानको मौन प्रदर्शन

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

केहि दिन अघि विशेष कार्यक्रम गरेर शुभारम्भ गरिएको ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान–२०७८’ लाई पहिलो चरणमा आम सर्वसाधारणमाझ पुर्याउन मौन प्रदर्शन गरिएको छ ।



परिवर्तन नेपालले आयोजना गरेको यस महाअभियानका अभियन्ताहरुले राजधानीको पुतलिसडकमा र्यालीसहित मौन प्रदर्शन गरेका हुन् । आम मानिसलाई अभियानबारे जानकारी गराउने उदेश्यले पहिलो चरणमा उपत्यकाका विभिन्न स्थानमा मौन प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत आज प्रदर्शन गरिएको महाअभियानका संयोजक मोहन निरौलाले जानकारी दिए ।

उनले यसपछि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, पेसाव्यवसायमा आवद्ध संगठन, राजनीतिक दल, आम समुदायलाई एैक्यबद्धताको लागि अपिल गर्ने, समाजका रहेका विभिन्न तह र तप्कामा रहेका जिम्मेवार व्यक्तिहरुसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रमहरु रहेको बताए ।

बरिष्ठ कलाकार/ निर्देशक/लेखकसमेत रहेका संयोजक निरौलाले नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको बताए ।

आज गरिएको प्रदर्शनमा अभियन्ताहरुले महाअभियानको बारेमा जानकारी दिन नेपालीको मौलिक परम्परा र संस्कृतिमाथि भइरहेको अतिक्रमणविरुद्ध एकजुट हुन आह्वान गरिएको पर्चासमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट