काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना हुँदै-Sutra News

काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना हुँदै

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसम्मको मतगणना आइसकेको छ । अब केन्द्रीय सदस्यको मतगणनाको नतिजा आउन  बाँकी रहेको छ ।



अब केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

काँग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट