पोखराको एक घरमा आगलागी, जलेर नष्ट-Sutra News

पोखराको एक घरमा आगलागी, जलेर नष्ट

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।



अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट