सर्वदलीय बैठकमा एमालेको निहुँ : कांग्रेससँग छलफल हुन सक्ने, माधवसँग बस्न नमिल्ने !-Sutra News

सर्वदलीय बैठकमा एमालेको निहुँ : कांग्रेससँग छलफल हुन सक्ने, माधवसँग बस्न नमिल्ने !

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।



प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध, अमेरिकी सहायता परियोजना (एमसीसी)लगायतका विषयमा छलफल गर्न आइतवार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए ।

‘हामीले मान्यता नदिएका दलहरू बैठकमा उपस्थित भएदेखि हामी कसरी बैठकमा जाने,’ एमाले महासचिव शंकर पोखरेलले भने ।

यही ६ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी पेश गर्ने तयारी गरेको छ । त्यसअघि सबै दलसँग सहमति जुटाउन देउवाले सर्वदलीय बैठक आयोजना गरेका हुन् ।

बैठकका बारेमा शुक्रवार देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमालेको सहभागिता थिएन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट