यी हुन् दुईपटक बिहे गर्ने बलिउड सेलिब्रेटी-Sutra News

यी हुन् दुईपटक बिहे गर्ने बलिउड सेलिब्रेटी

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

विवाह एक पवित्र सम्बन्ध हो । त्यसैले यसलाई एक जन्म मात्र होइन सात जन्मसम्मको बन्धनका रुपमा मानिन्छ । तर आजकल बिभिन्न कारणले गर्दा मानिसहरुको विवाह लामो समय टिक्न पाउँदैन । त्यसैले अर्को विवाह गर्नुपर्ने बाध्यता पर्दछ ।



दोस्रो विवाह गर्ने मामलामा सिने जगत अगाडी पर्दछ । सिने जगतमा पनि बलिउड यसमा अगाडी छ । बलिउडका कैयौं अभिनेत्रिले पहिलो विवाह असफल भएपछि दोस्रो विवाह गरे । आज हामी बलिउडका यीनै अभिनेत्रीको चर्चा गर्नेछौ, जसले दोस्रो विवाह गरे ।

archana puran singh
१. अर्चना पूरण सिंह
बलिउडमा अर्चना पूरण सिंह एक चर्चिच नाम हो । उनी कैयौं बलिउड फिल्ममा नेगेटिभ रोलका कारण चर्चामा रहिन् । पछिल्लो एक दशकयता उनी कमेडी शोका जजका रुपमा रहदै आएकी छिन् । उनका श्रीमान परमीत सेठ्ठि हुन् । तर परमीत अर्चनाको पहिलो श्रीमान भने होइनन् । अर्चनाको पहिलो विवाह असफल रह्यो । त्यसपछि पनि अर्चना दोस्रो विवाहका लागी तयार थिइनन् तर परमीतले उनलाई विवाहकालागी मनाए । र सन् १९९२ मा उनिहरुबिच विवाह भयो ।

kashmira shah
२. कश्मीरा शाह
बलिउडमा नकारात्मक रोल र बोल्ड छबिका बारण चर्चामा रहने अभिनेत्री कश्मीरा शाह कमेडीयन कृष्णा अभिषेककी श्रीमती हुन् । तर कृष्णा उनको पहिलो श्रीमान भने होइनन् । सन् २००२ मा कश्मीराले ब्रैड लिस्टरमैनसंग विवाह गरीन् । तर उनिहरु बिचको मतभेदका कारण सन् २००७ दुबैको डिर्भाेस भयो । पछि सन् २०१२ मा कश्मीरा र कृष्णाको विवाह भयो । हाल उनिहरुको वैवाहिक जीवन सुखमय बनेको छ ।

kirron kher
३. किरण खेर
अनुपम खेरकी श्रीमती किरण खेरले पनि उनिभन्दा अगाडी अर्काे ब्यक्तिसंग विवाह गरेकि थिइन् । किरणले ब्यवसायी गौतम बेरीसंग विवाह गरेकि थिइन् । तर उनको पहिलो विवाह असफल रह्यो । पछि सन् १९८५ मा किरणले अनुपमसंग विवाह गरीन् ।

Neelam Kothari
४. नीलम कोठारी
बलिउड फिल्म हम साथ साथ हैंकी अभिनेत्री नीलम कोठारीले ऋषि सेठियासंग सन् २००० मा पहिलो विवाह गरीन् । तर उनिहरुबीचको आपसी असमझदारीका कारण यो विवाह सफल हुन सकेन । त्यसैले नीलमले सन् २०११ मा समीर सोनीका साथ दोस्रो विवाह गरीन् । नीलम र समीरको जोडी सुखी वैवाहिक जीवन बिताइरहेका छन् ।

Dimpy Ganguli
५. डिम्पी गांगुली
भारतीय इम्याजिनको टेलिभिजनको अनौठो शो, राहुल दुल्हनियां ले जाएंगामार्फत राहुल महाजनसंग विवाह गर्ने डिम्पी गांगुलीको विवाक सन् २०१० बाट २०१५सम्म मात्र चल्यो । त्यसपछि डिम्पी दुबई गइन् जहाँ उनको भेट विद्यालयका साथी रोहित रोयका साथ भयो र पछि डिभोर्स भएकै बर्ष उनीहरुबीच विवाह भयो । डिम्पी र रोहित सुखी वैवाहिक जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट