के भारतका प्रधानमन्त्री मोदीले पोखरीमा पौडी खेल्न जाँदा गोही समातेका थिए ?-Sutra News

के भारतका प्रधानमन्त्री मोदीले पोखरीमा पौडी खेल्न जाँदा गोही समातेका थिए ?

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

भारतका १४ औं प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा विभिन्न चर्चाहरू चलिरहन्छन् । उनी चिया बेच्ने कामबाट देशकै प्रधानमन्त्री बनेका छन् । हिन्दू नेताको छबी बनाएका मोदी बाल्यकालमा निकै बहादुर रहेको उनका शिक्षकले खुलासा गरेका छन् ।



उनलाई पढाउने शिक्षक कनुभाइले एक अन्तर्वार्ताका क्रममा मोदी निकै बहादुर रहेको बताएका छन् । ‘मोदी बाल्यकालमा यति धेरै बहादुर थिए कि, उनले गुजरातस्थित सर्मिस्ता तलाउ पौडेर एक्लै पार गर्ने गर्थे । जहाँ ४० भन्दा बढी गोही हुन्थे ।’

उनले नदीको बीचमा रहेको मन्दिरमा पौडेर जाने क्रममा एकपटक गोहीको बच्चासमेत समातेर ल्याएको उल्लेख गरेका छन् ।​

पत्रकार सुदेश के बर्माले लेखेको मोदीको बायोग्राफीमा पनि यसबारेमा उल्लेख गरिएको छ । उनलाई गोहीले आक्रमणसमेत गरेको थियो ।

मोदीले अमेरिकामा ३ महिनाको नेतृत्वविकास तालिम समेत लिएका थिए । उनले व्यक्तित्व व्यवस्थापन र जनसम्बन्धका विषयमा अमेरिकामा तालिम लिएका हुन् । यसबाट उनले आफ्नो व्यक्तित्वमा निखार ल्याउने मौका पाएका थिए ।

मोदीले स्कूल पढ्दा धेरै नाटकहरूमा पनि खेलेका थिए । युवाअवस्थामा उनले नाटक खेलेर प्रशस्त पैसा उठाएका थिए र पैसा च्यारिटीलाई दान गर्ने गर्दथे ।

एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट