यस्तो रहनेछ आज र भोलिको मौसम अवस्था-Sutra News

यस्तो रहनेछ आज र भोलिको मौसम अवस्था

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।



विभागका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ पौष ४ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष ५ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभरि आंशिक देखि सामान्य बदली  रहनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट