संसदमा एमालेको हल्लाखोर नरोकिएपछि प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक-Sutra News

संसदमा एमालेको हल्लाखोर नरोकिएपछि प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । उनले आज दिउँसो चार बजे सबै दलको प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।



बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।

संसदको गतिरोध अन्त्य गर्नका लागि बैठक बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण संसद राम्रोसंग चल्न सकेको छैन ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट