साफ यू–१९ महिला च्याम्पियनसिप लिगः भारतलाई रोके नेपाल फाइनलमा-Sutra News

साफ यू–१९ महिला च्याम्पियनसिप लिगः भारतलाई रोके नेपाल फाइनलमा

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ ।



पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ । भारत भने दुई जित र १ हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट