सांस्कृतिक सहिष्णुता नै सामाजिक एकताः प्रचण्ड-Sutra News

सांस्कृतिक सहिष्णुता नै सामाजिक एकताः प्रचण्ड

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक नेपालीको पहिचान भनेको परम्परागत संस्कृति सहिष्णुता नै सामाजिक एकता रहेको बताएका छन् । किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा बताएका हुन् ।



उनले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताए । प्रचण्डले समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उल्लेख गरेका छन् ।

‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति हो’, शुभकामना सन्देश मार्फत् प्रचण्डले भनेका छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको पनि प्रचण्डले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधता सहितको सहिष्णुता नै नेपाली समाजको एकता हो ।’

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको भन्दै प्रचण्डले यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट