स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रंगीनालाई चन्द्रलोक प्रतिष्ठानको सम्मान-Sutra News

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रंगीनालाई चन्द्रलोक प्रतिष्ठानको सम्मान

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

चन्द्रलोक प्रतिष्ठानले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रंगीना लाइकगंबम सम्मान गरेको छ । महिला स्वास्थ्य सेवाको विकास र स्वस्थ्य राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा डा.रंगीना स्वस्थ्य सेवा सम्मान गरेको हो ।



सामाजिक रुपान्तरणमा नागरिकको सेवा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय भएर लागेकोले डा. रंगीनालाई सम्मान गरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

स्त्री तथा प्रसुती विशेषज्ञको रुपमा ख्याति कमाएकी डा.रंगीनालाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रतिष्ठानले जनाएको छ । स्त्री तथा प्रसुती विशेषज्ञता हासिल गरेकी डा.रंगीनालाई उत्कृष्ट चिकित्सकको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट