चर्चभित्र बालकको झुण्डिएर मृत्यु, घटना शंकास्पद देखिएको भन्दै छानविन गर्न माग-Sutra News

चर्चभित्र बालकको झुण्डिएर मृत्यु, घटना शंकास्पद देखिएको भन्दै छानविन गर्न माग

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । सो घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।



शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेका थिए ।

घटना रहस्यमय र शंकास्पद देखिएकोले छानविनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताए ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिएर संचालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताएको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट