स्वस्तिमा खड्काको ‘दिलमा हरन’ बजाउँदै हरि-Sutra News

स्वस्तिमा खड्काको ‘दिलमा हरन’ बजाउँदै हरि

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित ‘दिलको हरन’ म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो ‘ए प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छोटो समयमा नै १ लाख बढी दर्शकले हेरेका छन् भने २५० भन्दा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।



चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा‘स्माइल’ले संगीतवद्ध गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई चर्चित भिडियो निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो । भिडियो सुनेर हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट