कांग्रेस केन्द्रीय सदस्यको मत गणना जारी, शशांकको अग्रता कायमै-Sutra News

कांग्रेस केन्द्रीय सदस्यको मत गणना जारी, शशांकको अग्रता कायमै

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ उम्मेदवारी दिएका केन्द्रीय सदस्यकोहरुको मत गणना जारी रहेको छ । ललितपुरको सानेपास्थित कांग्रेस पार्टी मुख्यालयमा दोस्रो दिन आज बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो



पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । हिजो राति अबेरसम्म मतगणना गरेर स्थगित गरी आज बिहान पौने ११ बजेबाट मात्रै गणना शुरु गरिएको हो ।

मतगणनामा शुरुवातीदेखि अग्रता कायम गरेका डा. शशांका कोइराललाले अहिलेसम्म अग्रता कायमै राखेका छन् । शनिवार राति २३९३ मत गणना गर्दा कोइरालाले १९७१ मत प्राप्त गरेका थिए ।

खुलातर्फ ३५ जना निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् । मत गणना भइरहदा ३५ भित्र पर्ने केन्द्रीय सदस्यको मत यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट