सर्वदलीय बैठकमा एमाले सहभागी नहुने-Sutra News

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । सदनमा हुँदै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएपनि त्यसमा एमालेले सहभागि नहुने निर्णय गरेको हो ।



प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएपनि बैठकमा एमाले सहभागी नहुने पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।

प्रधानमन्त्री देउवाले सर्वदलिय बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि सहभागी गराउने भएपछि एमालेले बैठकमा सहभागि नहुने जनाएको छ ।

एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा विरोध जनाउँदै आएको छ ।

वर्षे अधिवेशनभर र हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जनाएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठक पुस ६ गते दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट