हेटौंडाबाट मोर्डना खोप लगाउन शुरु-Sutra News

हेटौंडाबाट मोर्डना खोप लगाउन शुरु

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

सरकारले बागमती प्रदेशको राजधानी हेटौंडाबाट मोर्डना खोप लगाउन शुरु गरको छ । आजबाट १२ वर्षदेखि १८ वर्ष मुनिका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरिएको हो ।



स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दे खोप अधियानको शुरुवात गरे । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र र छात्रालाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु गरिएको हो ।

आज देशभरका ५७ वटा जिल्लाबाट खोप अभियान सुरु गरिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री खतिवडाले भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

मन्त्रालयका अनुसार केहि दिनमै सबै जिल्लाका विद्यालयमा स्वार्थीकर्मी पुगेर बालबालिकालाई खोपको पहुँचभित्र ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट