माओवादीको राष्ट्रिय सम्मेलनअगाडी एमसीसी संसद बैठकमा पेश नगर्नु- प्रचण्ड-Sutra News

माओवादीको राष्ट्रिय सम्मेलनअगाडी एमसीसी संसद बैठकमा पेश नगर्नु- प्रचण्ड

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।



सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् । ‘पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव नहुने अध्यक्षको धारणा छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले न्युज कारखानासँग भने, ‘प्रधानमन्त्री समक्ष एक चरण कुरा भए पनि थप छलफल आजको बैठकमा हुनेछ ।’ उनका अनुसार सत्तारुढ गठबन्धनमा बैठकमा प्रचण्डले राख्ने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्नेछन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

माओवादी केन्द्रले ११–१३ पुसको सम्मेलन आउन एक साता मात्रै बाँकी रहेको र अहिले नै संसदमा पेश गर्दा पार्टीमा बहसको बिषय हुने भन्दै सम्मेलनपछि मात्रै एमसीसीलाई संसदमा लैजान आग्रह गरेका हो । प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको पनि माओवादी नेताहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट