एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार-Sutra News

एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न तयार रहेको सरकारले जनाएको छ।



आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् ।

सर्वदलीय बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएको बारे छलफल भएको उनले जानकारी दिए ।

‘संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, शशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैन’ उनले भने,’ संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयो’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट