एमसीसीबारे छलफल गर्न बनाइएको कार्यदलमा कोको नेता परे ?-Sutra News

एमसीसीबारे छलफल गर्न बनाइएको कार्यदलमा कोको नेता परे ?

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।



आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले एमसीसीको विषयमा छलफल गर्नका लागि तीन सदस्यीय टोलीको गठन गरेको हो ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो ।

यसैबीच प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेश गर्न लागेको भन्दै माओवादीका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता वेदुराम भुसालले विरोध जनाएका छन् ।

बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार सरकारी पक्षबाट एमसीसी पास गर्ने संकेत मिलेपछि नेकपा माओवादी कन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसालले विरोध जनाएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै पारित गर्नुपर्ने बताएका थिए ।

एमसीसीका विषयमा प्रधानमन्त्री देउवाले धारणा राख्न आग्रह आफूले विभिन्न धाराहरुका सन्दर्भ उल्लेख गरेर त्यसलाई राष्ट्रघाती भएको बताएको उनले बैठकपछि जानकारी दिए ।

सुवालका अनुसार एमसीसीबारे राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चाले पनि बिरोध गरेका थिए ।

तर जसपा र कांग्रेस भने एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको उनले बताए । तर, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने संशोधन गरेर पास गर्नुपर्ने बताएका थिए ।

यता सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने एमसीसीका बारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको बताए ।

एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारेमा दलहरुले विचार राखेको उनको भनाइ थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट