खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी-Sutra News

खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ ।



अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ ।

निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो ।

महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट