कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्म विजयी-Sutra News

कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्म विजयी

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् ।



आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् ।

३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने गुन्डा नाइके गणेश लामा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।

प्रा.डा तीर्थराज खनिया, डा सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट