जेसिज अध्यक्षमा भण्डारी निर्वाचित-Sutra News

जेसिज अध्यक्षमा भण्डारी निर्वाचित

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाल जेसिजको वर्ष २०२२ को अध्यक्षमा लालमणी भण्डारी निर्वाचित भएका छन् । दाङ त्रिभूवन नगरका भण्डारी पोखरामा सम्पन्न ४८औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विजयी भएका हुन् ।



जेसिजको नेतृत्व लिन पाँच जना प्रतिश्पर्धी थिए । अन्य ४ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे । गोकुल सापकोटाले ३००, श्यामसुन्दर पौडेलले २९८ र शिवप्रसाद भुषालले ४६ मत प्राप्त गरे ।

नयाँ कार्यकालका लागि उपाध्यक्षहरूमा कुमार सिंह सावाँ लिम्बु, जीवन कार्की, मनोजकुमार साह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेशचन्द्र ओझा, रामप्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण श्रेष्ठ, राजिव प्रसाई र जीवन श्रेष्ठ बिजयी भएका छन् ।

जेसिजमा १२ जना उपाध्यक्ष रहने ब्यवस्था छ । पुस १ गतेदेखि पोखरामा भएको जेसिजको राष्ट्रिय महाधिवेसन नयाँ नेतृत्व चयन गरेर सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट