पत्रकारिताबाट राजनीतिमा छिरेका अजयबाबुलाई पहिलो प्रयासमै सफलता, केन्द्रीय सदस्यमा निर्वाचित-Sutra News

पत्रकारिताबाट राजनीतिमा छिरेका अजयबाबुलाई पहिलो प्रयासमै सफलता, केन्द्रीय सदस्यमा निर्वाचित

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

पत्रकार अजयबाबु सिवाकोटी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न ३५ जना खुला केन्द्रीय सदस्यको मतगणनामा ६४ जनालाई उछिन्दै सिवाकोटी विजयी भएका हुन् । १८११ मत पाएका सिवाकोटी २९औं स्थानमा विजयी भएका हुन् ।



कांग्रेसको १४औं महाधिवेशनमा पत्रकारिताबाट सक्रिय राजनीतिमा हाम्फालेका पत्रकार सिवाकोटीले पहिलो प्रयासमै सफलता हात पारेका हुन् । दोलखाबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका सिवाकोटीले उम्मेदवार बन्दै गर्दा सक्रिय पत्रकारिताबाट विश्राम लिइसकेका छन् ।

कांग्रेसमा गगन थापा निकट मानिने सिवाकोटी यसअघि प्रेस युनियनको महासचिव थिए । सिवाकोटीले कांग्रेसले आर्थिक विकासको एजेण्डा बोकेर देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै आएका छन् । यसका लागि युवाले अग्रसरता लिनुपर्ने उनको धारणा रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट