पपुलर भोटमा गगन थापाभन्दा शशांक कोइराला अगाडी, पदाधिकारीमा सर्वाधिक मत कसको कति ?-Sutra News

पपुलर भोटमा गगन थापाभन्दा शशांक कोइराला अगाडी, पदाधिकारीमा सर्वाधिक मत कसको कति ?

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्वाचनमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले ल्याएका छन् । विपी कोइरालाका कान्छा छोरा शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता गगन थापालाई पनि उछिनेका छन् ।



१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिनेका थिए । तर थापाले ल्याएको सर्वाधिक मतलाई शशांकले ८ सयभन्दा बढी मत ल्याउँदै उछिनेका हुन् ।

यससँगै शशांक १४औं महाधिवेशनमा कमिटी निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बनेका छन् । उनले करिब ८० प्रतिशत मत प्राप्त गरेका छन् ।

यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी पूर्णबहादुर खड्काले २१२१ मत पाए ।

आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट