यी हुन् काँग्रेस केन्द्रीय सदस्यमा प्रवेश गरेका १६ नयाँ अनुहारहरु [सूचीसहित]-Sutra News

यी हुन् काँग्रेस केन्द्रीय सदस्यमा प्रवेश गरेका १६ नयाँ अनुहारहरु [सूचीसहित]

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा १६ जनाले पहिलोपटक प्रवेश पाएका छन् ।



गत सोमबार सम्मपन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा शेखर कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्ण किशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।

कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । जसमा- उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले,  गुरु बराल, सञ्जयकुमार गौतम, डा.गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य, कृष्णकिशोर घिमिरे रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट