विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई पोर्चुगल हस्तान्तरण-Sutra News

विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई पोर्चुगल हस्तान्तरण

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

आज २० डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः



बेलायतमा लामो समय शासन गर्ने महारानी
सन् २००७ मा बेलायतकी महारानी एलिजावेथ द्धितीय बेलायतको राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी बनेकी थिइन् । यसअघि महारानी भिक्टोरियाले सबैभन्दा लामो समय शासन गरेकी थिइन् । महारानी भिक्टोरियाको ८१ वर्ष सात महिना २९ दिनपछि सन् १९०१ को २२ जनवरीमा मृत्यु भएको थियो ।

चीनलाई पोर्चुगल हस्तान्तरण
सन् १९९९ मा मकाउमाथिको सार्वभौमसत्ता पोर्चुगलले चीनलाई हस्तान्तरण गरेको थियो । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई  १६ औं शताब्दीको मध्यदेखि सन् १९९९ सम्म शासन गरेर पोर्चुगलले आजकै दिन अर्थात २० डिसेम्बरमा बेइजिङलाई हस्तान्तरण गरेको थियो । मकाउको आफ्नै न्याय प्रणाली र मौद्रिक तथा आप्रवासी नीति छ ।

पानामामाथि अमेरिकाको आक्रमण
सन् १९८९ मा अमेरिकाले पानामाथि अतिक्रमण सुरु गरेको थियो । अपरेसन जस्ट कज नाम दिइएको सो अतिक्रमण तत्कालिन राष्ट्रपति जर्ज एचडब्लू बुसको शासन कालमा भएको थियो । सन् १९९० को ३१ जनवरीमा अतिक्रमण समाप्त भएको थियो ।

स्पेनका प्रधानमन्त्रीको हत्या
सन् १९७३ मा स्पेनका प्रधानमन्त्री क्यारेरो ब्लान्कोको हत्या भएको थियो । ब्लान्कोलाई बिखन्डनकारी समूह इयुस्कादी ता अकस्तासुनाका कार्यकताले हत्या गरेका थिए ।

अमेरिकी सेनालाई अन्तरिक्षमा फौज स्थापना गर्ने ढोका खुल्यो
सन २०१९ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल डिफेन्स अथराइजेसन एक्टमा हस्ताक्षर गरेका थिए । सो कानुनमा हस्ताक्षर गरेसँगै अमेरिकाले अन्तरिक्षमा आफ्नो फौज गठन गर्ने ढोका खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट