एमसीसी अगाडी बढाउनुपर्छ भन्ने पक्षमा छन् प्रचण्ड-Sutra News

एमसीसी अगाडी बढाउनुपर्छ भन्ने पक्षमा छन् प्रचण्ड

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

काठमाडौँ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर नेकपा माओवादी केन्द्रमा दुई धार देखिन थालेको छ ।



हिजो आइतबार प्रधानमन्त्री शेरबहादुरले आफ्नै निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा तत्काल पास गरेर जाने र संशोधन गर्नुपर्ने भन्दै दुई धार देखिएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संशोधन गरेर अगाडी बढ्नुपर्ने पक्षमा देखिएका छन् । तर अर्का नेता नारायणकाजी श्रेष्ठ भने कुनै पनि हालतमा पास गर्न नहुने अडानमा रहेका छन् ।

उनले सन् २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९मा परिमार्जन भएकोले समस्या भएको तर संसदको सहमति नचाहिने भन्नेसम्मको तर्क गरेका थिए ।

तर श्रेष्ठले भने कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने तर्क राखे ।

यसरी एमसीसीको विषयमा माओवादी दुई धारमा विभाजन भएको छ ।

हिजोको बैठकमा एकीकृत समाजवादीका नेता वेदुराम भूसालले पनि एमसीसी पास गर्न नहुने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट