फिलिपिन्सको आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित-Sutra News

फिलिपिन्सको आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।



‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट