कांग्रेस केन्द्रीय सदस्यमा हारेपछि मन्त्री कार्कीले यसो भने…-Sutra News

कांग्रेस केन्द्रीय सदस्यमा हारेपछि मन्त्री कार्कीले यसो भने…

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।



संस्थापनइतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन् । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।

पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेखेका छन्, म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस, स्वाभिमान न झुकोस पदसँग प्रतिष्ठा साट्नु नपरोस ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट