कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट हट्दै विश्वप्रकाश-Sutra News

कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट हट्दै विश्वप्रकाश

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा जित हासिल गरेपछि विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका छन् । उनले संभवतः आजै(सोमबार)बाट प्रवक्ताको जिम्मेवारीबाट हट्न सक्ने जानकारी दिए ।



शर्माले आज विहान पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीमा नयाँ भुमिका पाएकोले प्रवक्ताको जिम्मेवारीबाट बाहिरीन लागेको बताए । उनि २०७४ साल पुसदेखि पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए ।

शर्माले प्रवक्तामा अरुले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने मान्यताकासाथ नयाँ व्यक्तिको भुमिकालाई बढावा दिन आफु बाहिरीन लागेको बताए । शर्माले पार्टीको धारणा र सुचनाको लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफु जति बेला पनि उपलब्ध हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट