बागमती प्रदेशकोे नेतृत्व चयनमा निर्वाचन गर्न प्रचण्डको निर्देशन-Sutra News

बागमती प्रदेशकोे नेतृत्व चयनमा निर्वाचन गर्न प्रचण्डको निर्देशन

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको नेतृत्व चयनमा सहमति हुन नसक्दा निर्वाचन हुने भएको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सम्मेलनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा निर्वाचन गर्न लागिएको हो ।



सहमतिको प्रयास असफल भएपछि प्रचण्डको निर्देशनमा सोमबार मध्याह्न अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा निर्वाचनको तयारी गरिएको छ । बागमती प्रदेशका एक सदस्यले भने, ‘सहमति नजुटेपछि अध्यक्षज्यूले निर्वाचनमा जान निर्देशन दिनुभयो । अहिले हामी त्यसकै तयारीमा छौं ।’

बागमती प्रदेशको अध्यक्षमा सुरुमा ६ जनाले दाबी गरेका थिए । सोमबारसम्म आइपुग्दा काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्षका एक दाबेदार भक्तपुर डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गर्ने निर्णय गरेका छन् । अर्का दाबेदार विदुर खड्काले अध्यक्षको दाबी छाडेर कोषाध्यक्षमा उम्मेदवार बन्ने जनाएका छन् ।

खड्काले अध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचनबाट चयन हुने बताए । प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ ।

बागमती प्रदेश सम्मेलन गत शनिबार उदघाटन भएको थियो । अध्यक्ष प्रचण्डसमेतको सहभागितामा नेतृत्व चयनमा सहमतिको प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि ३० सदस्य पछि मनोनयन गर्ने गरी २४५ सदस्यीय कमिटीमात्र सार्वजनिक गरिएको थियो । ३० सदस्य मनोनित नभइसकेकाले निर्वाचनमा तिनै २४५ सदस्यहरुले भाग लिने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट