कांग्रेस महाधिवेशनः खुला महिलातर्फको १६ सय मत गन्दा डिला संग्रौला पहिलो र आरजु देउवा तेस्रो स्थानमा-Sutra News

कांग्रेस महाधिवेशनः खुला महिलातर्फको १६ सय मत गन्दा डिला संग्रौला पहिलो र आरजु देउवा तेस्रो स्थानमा

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।



खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा।डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा।आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट