धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, ३ महिना वित्दा पनि भएन नियुक्ति-Sutra News

धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, ३ महिना वित्दा पनि भएन नियुक्ति

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

बैंकमा तरलता अभावका कारण सेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् ।



नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो ।

नेप्से सिईओ साउदले ८ भदौमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए ।
अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो । तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन ।

यसैगरी नेप्सेको सिईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्कासन स्वीकृति समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट