माधव नेपालको टिप्पणीः ओलीले प्रचण्डलाई देखि सहेनन्-Sutra News

माधव नेपालको टिप्पणीः ओलीले प्रचण्डलाई देखि सहेनन्

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी ओलीलाई ज्याद्रो र पुष्पकमल दाहाल प्रचण्डलाई कमलो मन भएको व्यक्तिका रुपमा टिप्पणी गरेका ।



ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका गरेको सहमति पालना नगरेर देखिनसहेको नेपालले बताए ।

नेपालले प्रचण्डको मन कमलो भएकै कारण ओलीले अन्याय गरेको दावी गरे । उनले भने– कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नै सक्नुभएन ।’

पुस ५ का सन्दर्भमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले ओलीलाई धुन्धुकारी व्यक्तिको संज्ञा दिए । उनले पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठेपनि कुनै सुनुवाई नभएको बताए ।

ओलीको व्यवहारले आफु हत्तु हैरान भएको भन्दै नेपालले भर्खरै पार्टी एकता भएको र एकता विग्रिन्छ भनेर प्रचण्डले त्याग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट