ओलीलाई ‘सेटिङ’ गरेर बचाइयोः प्रचण्ड-Sutra News

ओलीलाई ‘सेटिङ’ गरेर बचाइयोः प्रचण्ड

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् ।



तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङअन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।

निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी छ ।

आयोगले कानुनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनाव चिन्हविहीन बन्नुहुने थियो,’ प्रचण्डले भने, ‘तर, एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’ प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् ।

ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट