थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको भए-Sutra News

थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको भए

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

देशैभर पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ४१ सय ४१ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २७ सय २५ पिसीआर नमूना परीक्षण गर्दा २१८ र १४ सय १६ एन्टीजेन परीक्षण गर्दा २ जनामा कोभिड–१९ पुष्टि भएको हो । यस अवधिमा २६३ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा र २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १०९ आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट