खुला महिला केन्द्रीय सदस्यमा डिला अघिअघि देउवाकी श्रीमती पछिपछि-Sutra News

खुला महिला केन्द्रीय सदस्यमा डिला अघिअघि देउवाकी श्रीमती पछिपछि

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले १९०६ मतसहित अग्रता बढाएकी छन् । यसअघि २५६५ मत गन्दा दोस्रोभन्दा ७२ मत र तेस्रोभन्दा १५२ मतले अगाडि डिला ३०५० मत गन्दा दोस्रोसँग ९९ मत र तेस्रो उम्मेदवारसँग २१८ मतको अग्रता बनाएकी छन् ।



दोस्रोमा रहेकी पुष्पा भुसालले १८०७ मत पाएकी छन् । उनी अघिल्लो परिणामको तुलनामा अहिले डिलाभन्दा थप २७ मतले पछाडि परेकी छन् । यसअघि ७२ मतले पछाडि पुष्पा अहिले ९९ मतले पछाडि परेकी हुन् ।

तेस्रोमा १६८८ मत पाएकी आरजु त यसअघिको डिलासँगको अन्तरभन्दा थप ६६ मतले पछाडि परेकी छन् । यसअघि डिलासँग १५२ मतले पछाडि आरजु अहिले २१८ मतले पछाडि परेकी हुन् ।

निर्वाचन समितिकाअनुसार चौथोबाट नवौंसम्म क्रमश: अम्बिका बस्नेतले १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५, रंगमती शाहीले ११८८ मत ल्याएका छन् ।

खुलातर्फ ९ जना महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा ३० जना छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट