उपप्रमुख र प्रशासकीय अधिकृतले बनाए किर्ते कागज, सरकारी पैसा ‘झ्वाम’ पार्ने रणनीति-Sutra News

उपप्रमुख र प्रशासकीय अधिकृतले बनाए किर्ते कागज, सरकारी पैसा ‘झ्वाम’ पार्ने रणनीति

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

महोत्तरीको सम्सी गाउँपालिकामा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू निकटका व्यक्तिकालाई मलको डिलरका लागि किर्ते कागजपत्र पेस गरेको खुलासा भएको छ ।



सम्सी उपप्रमुख नगिनादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जयबाबु यादवले आफ्ना निकटका व्यक्तिलाई मल खाद्यको डिलरको लागि किर्ते कागजात तयार गरि जनकपुरस्थित कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पेस गरेको पाइएको हो ।

यादवले प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी पाएको मिति भन्दा ४ महिना अगावैको मितिमा उपमप्रमुख यादवसँग मिलोमतो गरि मलखाद्यको डिलरको लागि नक्कली कागजात तयार गरि कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएका हुन् ।

१३ मंसिर २०७८ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखामा सातौं तहमा कार्यरत यादवलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मको लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको थियो । तर, अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नपाएको अवस्थामै १३ असार २०७८ सालमा मल खाद्यको डिलरको लागि कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएको सिफारिस पत्रमा किर्ते हस्ताक्षर गरेको हुन् । जबकी उक्त मितिमा सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा शम्भु ठाकुर कार्यरत थिए ।

प्रमुख प्रशासकीय अधिकृत हुँदा हुँदै उपप्रमुख यादवले सञ्जयबाबु यादवलाई प्रयोग गरि आफ्ना निकट सफल उपभोक्ता सहकारी संस्था, कालीमाई उपभोक्ता सहकारी संस्था, माँ जानकी उपभोक्ता सहकारी संस्था र आगन उपभोक्ता सहकारी संस्थालाई डिलरको लागि सिफारिस गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत यादवले उपप्रमुख यादवले आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोले सिफारिस गरेको दाबी गरेका छन् ।

त्यसैगरि, सरकारले हरेक स्थानीय तहमा मल खाद्य आपूर्ति तथा वितरणको लागि उपप्रमुखको संयाजकत्वमा समिति गठनको व्यवस्था गरेको छ । उक्त समितिमा उप्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था गरेको छ । तर, उपप्रमुख यादवले  कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन पठाएको काजगजातको विषयमा गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष महतोलाई समेत कुनै जानकारी गराएकी छैनन् । न त मल खाद्य सम्बन्धी बैठकमा उनलाई सहभागि गराइएको छ ।

उपप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले मिलोमतो गरि आफ्नै निकटका व्यक्तिलाई डिलर दिलाएर मल खाद्यमा कलाबजारी गराएर कमिसन लिने गरेका स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट