एमसीसी प्रयोग गरेर ओलीले गठबन्धन भत्काउन खोजेको प्रचण्डको दाबी-Sutra News

एमसीसी प्रयोग गरेर ओलीले गठबन्धन भत्काउन खोजेको प्रचण्डको दाबी

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको नाममा गठबन्धन भत्काउन खोजेको आरोप लगाएका छन् ।



काठमाडौँमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “सत्तारूढ गठबन्धन भत्काउन खोजेको” आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन् ।

संसद्‌बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन् ।

पछिल्लो समय ओलीले गठबन्धन भत्काउने नाममा एमसीसी पारित गर्न खोजेको भन्ने पनि चर्चा भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट