बागमती प्रदेशमा माओवादी नेतृत्व चयनका लागि चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी-Sutra News

बागमती प्रदेशमा माओवादी नेतृत्व चयनका लागि चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।



सोमबार जारी चुनावी प्रकृयामा अध्यक्षसहितका ९ पदमा २७ जनाको उम्मेदवारी परेको छ । मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् ।  काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा निर्वाचन कार्यक्रम जारी छ ।

२९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् ।

अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ ।

प्रदेश अध्यक्षसहितका पदाधिकारी सर्वसम्मच चयन गर्ने प्रयास असफल भएपछि माओवादीले निर्वाचन मार्फत टुंगो लगाउने निर्णय गरेको थियो ।

नेतृत्व चयनका लागि माओवादीमा निर्वाचन हुने गरेको छैन । पछिल्लो पटक हेटौंडा महाधिवेशनपछि आज पहिलो पटक निर्वाचन हुन लागेको जनाइएको छ । अन्य प्रदेशमा समेत अध्यक्षसहित पदाधिकारी चयन हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट