सभापति देउवाभन्दा कम मत ल्याइन् आरजुले, महिला पदाधिकारीमा कसको मत कति ?-Sutra News

सभापति देउवाभन्दा कम मत ल्याइन् आरजुले, महिला पदाधिकारीमा कसको मत कति ?

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पार्टीको खुला महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।



सोमबार राति सम्पन्न मतगणनामा खुला महिलातर्फ ९ केन्द्रीय सदस्यमा आरजु २५३६ मतसहित तेस्रो स्थानमा विजयी भइन् ।

१४औं महाधिवेशनअन्तर्गत दोस्रो चरणमा फेरि सभापति निर्वाचित भएका देउवाले २७३३ मत पाएका थिए । आरजुले आफ्ना पति शेरबहादुरभन्दा १९७ कम मत पाइन् ।

महिला पदाधिकारीमा कसको मत कति ?

कांग्रेसको पदाधिकारीमा सहमहामन्त्रीमात्रै महिला निर्वाचित भएका छन् । आठ सहमहामन्त्रीमध्ये महिलातर्फ निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ले २५३३ मत प्राप्त गरेकी छन् ।

उपसभापतिमा उम्मेदवार बनेर पराजित सुजाता कोइरालाले ६४४ मत र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छन् ।

खुला केन्द्रीय सदस्यमा आरजु तेस्रो नम्बरमा रहँदा सर्वाधिक मत पाएर पहिलो स्थानमा निर्वाचित डिला संग्रौलाले २८८५ मत प्राप्त गरेकी छन् । दोस्रोमा पुष्पा भुसालले २७१८ मत पाएकी छन् । चौथोमा अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत प्राप्त गरेका छन् । अरु २१ जना महिला भने पराजित भए

प्रदेश २ महिलातर्फ एक केन्द्रीय सदस्य पदमा २७३१ मतसहित चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत पाएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट