कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता-Sutra News

कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।



कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका थिए ।

यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास बेलायती दूतावासले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट