प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा छैन एमसीसी-Sutra News

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा छैन एमसीसी

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।



मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट