यस्तो थियो खनाल नेतृत्वको कार्यदलले एमसीसीबारे डेढ वर्षअघि बुझाएको प्रतिवेदन-Sutra News

यस्तो थियो खनाल नेतृत्वको कार्यदलले एमसीसीबारे डेढ वर्षअघि बुझाएको प्रतिवेदन

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेताको संयोजकत्वमा अमेरिकी सहायता परियोजना (एमसीसी)बारे अध्ययन गर्न गत आइतवार एक कार्यदल गठन गरिएको छ ।



खानालकै नेतृत्वमा २०७६ सालको माघमा तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकले पनि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा खनाल, भीम रावल र तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए ।

उक्त कार्यदलले वैशाखमा आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको थियो ।

सुत्रन्यूजसँग कुरा गर्दै खनालले आफूले पहिल्यै प्रतिवेदन बुझाइसकेको बताए । थप कुनै नयाँ कुरा पत्ता नलागे त्यही प्रतिवेदनअनुरुप नै अहिले अर्को प्रतिवेदन बुझाउने खनालको तयारी छ ।

खनालले तत्कालीन केपी ओली सरकारले कतिपय दस्तावेजहरू लुकाएकोसमेत आरोप लगाएका छन् ।

हेर्नुहोस् – त्यतिबेलाको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट