सुनको मूल्य ८ सयले घट्यो, तोलाको कति ?-Sutra News

सुनको मूल्य ८ सयले घट्यो, तोलाको कति ?

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८
sun

मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।



गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट