चिकात्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क असुल्ने प्रयत्न गरेपछि काठमाडौं मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन । कलेजले विभिन्न बहानामा शर्त तेर्साएर अतिरिक्त शुल्क तिर्न दवाब दिएपछि सो रकम कुनैपनि हालतमा नतिर्ने भन्दै एमविविएस र विडिएसका आन्दोलित भएर तालाबन्दी गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा काठमाडौं विश्वविद्यालय इन्चार्ज महेश अधिकारीले चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको भन्दा बढी रकम तिर्न उर्दी जारी गरेपछि विद्यार्थीले उक्त कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेको बताए ।
चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको रकम ४०,२३,२५० हो र सो भन्दा २० लाख रूपैयाँ बढी तिर्न मेडिकल कलेजले उर्दि जारी गरेको र विडिएसका विद्यार्थीलाई पनि ६ लाख वढी रकम तिर्न सुचना जारी गरेको छ ।
कलेजले अतिरिक्त शुल्क तिर्नुपर्ने सूचना जारी गरेपछि आन्दोलित भएका विद्यार्थीले कलेजले भविष्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिने छैन भनेर लिखित प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् । उनिहरुले विभिन्न शिर्षकमा लुट्ने कुरा आफुहरुलाई कदापी मान्य नहुने कुरा उल्लेख गर्दै १० बुँदे माग राखेका छन् ।
यसअघि विद्यार्थी एवं अभिभावकलाई अतिरिक्त शुल्क तिर्न दवाव दिएर पढाइ नै स्थगित गरेको नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालय मोरङले अतिरिक्त शुल्क लिनुपर्ने कारणसहितको कागजात लिएर उपस्थित हुन निर्देशन दिइसकेको छ ।