काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डेलाई रवीन्द्र मिश्रले कारबाही गरेपछि कडा प्रतिक्रिया दिएका छन् ।
कारबाहीमा परेका पार्टीका संयोजक मिलन पाण्डेले तानाशाहीको पतन निश्चित भएको बताएका हुन् । मिश्रको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी बर्खास्त गरिएको घोषणा भएपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘त्यो पुस १, त्यो पुस ५, अनि आज पुस ६ । यी दिन लूटतन्त्रका बिम्ब हुन्’, पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ति सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’